काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनको २१ महिनाको अवधीमा मन्त्रीमण्डल पुनगर्ठन गरेका छन् । जसअनुसार राज्यमन्त्रीसहित ९ जना नयाँ अनुहार आएका छन् । केही हटाइएका छन् भने केहीको मन्त्रालय सरुवा गरिएको छ ।
यसै क्रममा संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका उपेन्द्र यादव भने कारबाहीमा परे सरह भएका छन् । प्रधानमन्त्री मन्त्री मण्डल हेरफेर गर्दा उनलाई सोध्न परै रहोस् उनकै मन्त्रालय बिना जानकारी फेरिएको पाइएको छ । स्वास्थ्य ठूलो बजेट र देशभरि सञ्जाल भएको मन्त्रालय हो भने कानुन मन्त्रालय सानो बजेट भएको मन्त्रालय हो । त्यसैले यादव कारबाहीमा परे सरह भएका हुन् । मन्त्री यादवले सहरी विकास र स्वास्थ्य मन्त्रालय पार्टीले पाउँदा आफैँले स्वास्थ्य मन्त्रालय रोजेका थिए । समाजवादी पार्टीबाटै राज्यमन्त्री बनाइएका सुरेन्द्र यादव पनि हटाइएका छन् ।
अधिकांश समय विदेश भ्रमणमा बिताएको तथा मन्त्रालयको काममा ध्यान नदिएको आरोप यादव माथि लाग्दै आएको थियो भने ओली उनको कार्यशैलीप्रति असन्तुष्ट बन्दै आएका थिए । सरकारमै बसेर सरकारको विरोध गरेको विषयले पनि प्रधानमन्त्री सन्तुष्ट थिएनन् । हाल भारत भ्रमणमा रहेका यादव अब स्वास्थ्यमन्त्रीबाट हटेर कानुन मन्त्रालयको जिम्मेवारीमा पुगेका छन् । कानुन मन्त्रालयमा रहेका भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्री बनाइएको छ ।
उपेन्द्र यादवमाथि प्रधानमन्त्रीको कारबाही, अब के गर्लान् त ?
Comments