काठमाडौं । नेकपा नेकपा प्रदेश नम्बर २ का अध्यक्ष प्रभू साहले लेनदेनका आधारमा मन्त्री छानिएको गम्भीर आरोप लगाएका छन् । कार्यसम्पादनको आधारमा मन्त्रिपरिषद पुनर्गठन गर्ने भनिए पनि अन्ततः गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा भएको भन्दै लज्जित भएको समेत जनाएका छन् ।
‘कार्यसम्पादनको आधारमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने भनिए पनि अन्ततः गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा गरेको देखियो’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
पूर्वमन्त्री समेत रहेका उनले मन्त्री हटाउदा वा राख्दा सामान्य कम्युनिस्ट मूल्य मान्यता पनि लागू नभएको भन्दै नेतृत्वप्रति फेरि एक पटक लज्जित भएको उल्लेख गरेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।