काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रीमण्डल पुनर्गठन गर्दै ८ जना मन्त्रीलाई हटाएका छन् भने केहीको मन्त्रालय सरुवा गराएका छन् । भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठको पद गुमेको छ ।
अघिल्लो कार्यकालमा मन्त्री हुँदा निक्कै चर्चामा रहेका संघीय मामिलामन्त्री लालबाबु पण्डितको पनि मन्त्री पद गुमेको छ । वैदेशिक रोजगारी र श्रमिको हितमा हुने गरी सामाजिक सुरक्षा कोष स्थापना गरेका श्रममन्त्री गोकर्ण विष्टलाई पनि प्रधानमन्त्रीले हटाएका छन् । महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा र पर्यटन राज्यमन्त्री धनबहादुर बुढाको पनि मन्त्री पद घुमेको छ । उनीहरु तत्कालिन नेकपा एमालेबाट मन्त्री बनेका थिए । त्यस्तै पूर्वमाओवादी कोटाबाट सरकारमा गएका कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरीको पद घुमेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।