काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनको २१ महिनाको अवधीमा बुधबार मन्त्रीमण्डल पुनर्गठन गरेका छन् । प्रधानमन्त्रीले पाँच मन्त्रीहरूलाई जिम्मेवारी मुक्त गरेका छन् । केही मन्त्रीहरूको मन्त्रालय हेरफेर गरेका छन् । कार्यसम्पादको आधारमा मन्त्री हेरफेर गरिएको बताइए पनि कतिपय सक्षमलाई फालिएको छ भने उद्योगी र साधारण तारेखमा छुटेकालाई पनि मन्त्री बनाइएको छ ।
उद्योगपति मोतिलाल दुगडकोे यो सरकारमा सहभागिता छाएको छ । उनले उद्योग मन्त्रालयमै राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । ज्यान मार्ने उद्योगको आरोप लागेर साधारण तारेखमा रिहा भएका पनि मन्त्री बनेका छन् ।
बामदेव गौतमका लागि भनेर राजीनामा दिन तयार बनेका काठमाडौं ७ बाट निर्वाचित सांसद रामवीर मानन्धर सहरी विकासमन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । मन्त्री भने समाजवादी पार्टीको रहेको छ । प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डित, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, कृषिमन्त्री चक्रपाणि खनाल र उद्योगमन्त्री मातृका यादव मन्त्री पदमुक्त गरेका हुन् ।
महासेठको ठाउँमा वसन्त नेम्वाङ, सङ्घीय मामिला मन्त्री हृदयस् त्रिपाठी नियुक्त भएका छन् । त्रिपाठी सूर्य चुनाव चिह्न लिएर निर्वाचित भएका स्वतन्त्र सांसद हुन् । महिला तथा बालबालिकामन्त्री थापाको ठाउँमा पार्वत गुरुङ नियुक्त भएका छन् ।
घनश्याम भुसाल कृषि तथा पशुपन्छी विकासमन्त्री नियुक्त भएका छन् । भुसाल यसअघि झलनाथ खनालको क्याबिनेटमा बिनाविभागीय मन्त्री थिए । लेखराज भट्ट मातृका यादवको मन्त्रालयमा जिम्मेवारी सम्हाल्न पुगेका छन् । रामेश्वर राय यादवले गोकर्ण विष्टले सम्हालेको मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
थरी थरीका नयाँ मन्त्रीहरू
Comments








