प्रधानमन्त्री ओलीले हस्पिटलको बेडबाटै यसरी हेरें सागको प्रत्यक्ष प्रशारण

प्रधानमन्त्री केपी शर्मा ओलीले आज भएको १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता(साग) को उद्घाटन समारोह महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरको आइसीयूमा रहेर प्रत्यक्ष प्रसारण हेरेका छन् ।

खेलाडीहरूलाई निकै मन पराउने प्रधानमन्त्री ओलीले आइप्याडमा यहाँस्थित दशरथ रङ्गशालामा भएको सागको उद्घाटनको प्रत्यक्ष प्रसारण हेरेको उनका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो फेसबुक पेजमा उल्लेख गरेका छन् । प्रधानमन्त्री ओली अस्वस्थ भएपछि केही दिनदेखि अस्पताल भर्नाका हुन् । उनको इपेन्डाइजको अप्रेशन गरिएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।