खेलकुदको बजेटमा मन्त्रीसहित ४० भिआईपीलाई दौरा–सुरुवाल, खेलाडीलाई बेवास्ता



काठमाडौं । मन्त्री भएर शपथ खाँदासमेत गृहमन्त्री रामबहादुर थापा बादलले दौरा–सुरुवाल लगाएनन् । चिनियाँ राष्ट्रपति सी जिनफिङको स्वागतमा विमानस्थलमा उपस्थित हुँदा अनिवार्य रुपमा दौरा –सुरुवाल लगाउन प्रधानमन्त्री केपी ओलीले निर्देशन दिँदा पनि बालदले अस्वीकार गरे ।

तर, आइतबार रंगशालामा उनी अचानक दौरा–सुवालमा प्रकट भए, यो दौरा–सुरुवाल दक्षिण एसियाली खेलकुद (साग) आयोजक समितिको तर्फबाट उनले निःशुल्क पाएका थिए ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

गृहमन्त्री मात्र होइन, उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा, खेलकुदमन्त्री जगत विश्वकर्मालगायत ४० जना भिआइपीले सित्तैमा दौरा–सुरुवाल पाएका छन् । सागका लागि विनियोजित बजेटबाट उनीहरुले छालाको कालो जुत्ता, मोजा र टोपी पाएका छन् । नयाँ पत्रिका दैनिकले खबर छापेको छ । तर, दर्भाग्य नेपाली खेलाडीले दौरा–सुरुवालमा मार्चपास्ट गर्ने भनिएकोमा क्रिकेट खेलाडीका लागि दौरा–सुरुवाल नभ्याइएको भन्दै उनीहरु ट्याक सुटमै हिँडाइएको थियो ।