काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीन जान ठिक्क परेका थिए । तर, अन्तिम समयमा उनी चीन नजाने भएका छन् । चीन जाने सबै तयारीका बाबजुद उनी नजाने भएपछि किन त्यस्तो भयो भनेर चौतर्फी चासो बढ्नु स्वभाविक नै मान्न सकिन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थितिका कारण प्रचण्डले आफ्नो आसन्न चीन भ्रमण स्थगित गरेका हुन् । प्रधानमन्त्री ओलीसँग भेट गरेको भोलिपल्ट प्रचण्डले चिनियाँ राजदूतलाई बोलाएर आफू चीन जान नसक्ने जानकारी दिएका थिए ।

नेकपा अध्यक्ष प्रचण्ड ६० सदस्यीय नेकपाका नेताहरुको अगुवाई गर्दै मंसिर २४ गते चीन जाने कार्यक्रम थियो । चीनमा नेकपाका नेताहरुले चिनियाँ कम्युनिष्ट पार्टीका नेताको अनुभव सुन्ने र एक साताभन्दा बढी विभिन्न अवलोकनहरु गर्ने कार्यक्रम थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।