तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग)मा नेपाल पदक तालिकाको शीर्ष स्थानमा छ । नेपालले हालसम्म २९ स्वर्ण, १४ रजत र १९ कास्यसहित कुल ६२ पदक जितेको छ

यस्तै भारत २३ स्वर्ण, १९ रजत र १२ कास्य गरी कुल ५४ पदकसहित दोस्रो स्थानमा छ । पाकिस्तान आठ स्वर्ण, १५ रजत र १३ कास्यसहित तेस्रो, श्रीलङ्का सात स्वर्ण, १८ रजत र ३२ कास्यसहित चौथो, बङ्गलादेश चार स्वर्ण, सात रजत र २४ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छटौँ तथा भूटान तीन कास्यसहित पदक तालिकाको सातौँ स्थानमा छ । नेपालले आज ट्रायथलन, तेक्वान्दो र करातेमा दुई÷दुई स्वर्ण पदक जितेको हो ।

साग पदक तालिका:

देश    स्वर्ण   कास्य  रजत  जम्मा
नेपाल   २९     १४      १९      ६२
भारत   २३     १९      १२      ५४
पाकिस्तान ८   १५      १३      ३६
श्रीलङ्का  ७    १८      ३२      ५७
बङ्गलादेश ४   ७       २४      ३५
माल्दिभ्स  १   ०        २       ३
भूटान     ०    ०        ३       ३

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।