माघ ८ । प्रा.डा. गोविन्द केसी अनसन विषयमा मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीविरुद्ध सर्वोच्चमा अपहेलना मुद्धा दायर भएको छ ।

 एक घण्टाभित्र स्वास्थ्य सेवा सुचारु गर्न सर्वोच्च अदालतले आदेश दिएपनि उनले अस्पताल खुलाउन नसकेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च र अधिवक्ता सुनिल रंजन सिंहले मुद्धा दायर गरेका हुन् ।

 निवेदनमा अस्पतालको काममा अवरोध अवरोध आउने राजीनामा स्वीकृत नगर्न र विदा नदिन तथा सेवामा अवरोध गर्नेहरको पहिचानसहित अपहेलना मुद्दा चलाउन अन्तरिम आदेशका माग गरिएको छ ।

सर्वोच्चले बिहीबार आदेश प्राप्त भएको एक घण्टाभित्र स्वास्थ्य सेवा सुचारु गर्न आदेश दिएको थियो । तर, आकस्मिक बाहेकका सेवा सुचारु हुन सकेको छैन । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।