काठमाडौं । नेपाली चलचित्रका पुराना अभिनेता दीपक क्षेत्री सुतेकै अवस्थामा मृत भेटिएका छन । डिल्ली बजारस्थित आफ्नै निवासमा कोठाभित्र क्षेत्री मृत भेटिएको महानगरीय प्रहरी वृत्त कमल पोखरीले जानकारी दिएको छ। प्रहरीका अनुसार भित्रबाट चुकुल लगाएको अवस्थामा शनिबार दिउँसो क्षेत्री मृत भेटिएका थिए ।

क्षेत्रीको शव हाल पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाएको प्रहरी वृत्त कमल पोखरीले जनाएको छ । मृत्युको कारण खुली नसकेको प्रहरीको भनाइ छ । लामो समयदेखि नेपाली चलचित्रमा सक्रिय रहेका ५८ वर्षीय क्षेत्रीले दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका छन् । अन्नपूर्ण पोस्ट् दैनिकले खबर छापेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।