माघ ७ । एकीकृत नेकपा माओवादीका पूर्वउपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रुपान्तरण नहुने हो भने समाप्त हुने चेतावनी दिएका छन् ।

पेरिसडाँडामा जारी केन्द्रीय समिति बैठकमा सोमबार आफ्नो टिप्पणी राख्दै श्रेष्ठले पार्टी अध्यक्ष नसच्चिने हो भने माओवादी विघटन निश्चित भईसकेको भन्दै यस्तो बताएका हुन् ।

बैठकमा राष्ट्रियताका मुद्धालाई निक्कै जोडतोडका साथ उठाउँदै आक्रामक रुपमा प्रस्तुत भएको श्रेष्ठले पार्टीको नेतृत्वमा दाहालको विकल्प नभएको बताए पनि दाहाल रुपान्तरण नहुने हो भने पार्टी विघटन भएरै छाड्ने जनाएको एक नेताले बताए । बैठकमा उनले नेतृत्व दाहालकै भएपनि शक्ति बाँडफाँड हुनुपर्नेमा जोड दिएका छन् । तर बाबुराम भट्टराईले भने यसअघि चुनावमा पार्टी नेतृत्व नै असफल भएको भन्दै पार्टी नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्नुपर्ने माग राखेका छन् ।

एमाओवादी भित्र पार्टी नेतृत्व हस्तान्तरणको विषयमा विवाद बढेर गएको छ ।

श्रेष्ठले दाहाललाई अविश्वसनीय, अस्थिर, छिटो तरंगित हुने र ढाँटछलको बादशाहको संज्ञा दिएका छन् भने भट्टराईलाई भने आफुलाई लागेको कुरा  मात्र सहि ठान्ने  तर अरूले  सजीलै देखाईदिएका कमी कमजोरीलाई औल्याउन नसक्ने,  अरुले सजिलै उपयोग गर्न सक्ने भनेका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।