माघ ७ । चालु आर्थिक वर्षको ६ महिनामा ५५ अर्ब २९ करोड बढीको सहयोग नेपाल भित्रने भएको छ ।  नेपाल सरकार र दातृ निकायबिच उक्त सम्झौता सहमति भइसकेको छ । अघिल्लो वर्षको यसै अवधिमा भने १५ अर्ब ७६ करोड रुपैयाँ बराबरको मात्रै सहयोगको प्रतिवद्धता भएको थियो ।

यस अर्थमा नेपालमा आर्थिक सहयोग बढेर गएको देखिएको छ । अझै वैदेशिक सहयोग थपिने क्रम बढेर गएको छ । एसियाली विकास बैंक (एडीबीं) ले मात्र सोमबार नै २ अर्ब ३२ करोड रुपैयाँ बराबरको सहयोग समझदारीमा हस्ताक्षर गरेको छ ।

एडीबीले ‘Project of building climate resileince of watershed in mountain eco-regions in Nepal’ कार्यान्वयनका लागि २ करोड ३५ लाख अमेरिक डलर अनुदान सहयोग गर्न लागेको हो । परियोजना कार्यान्वयनबाट त्यस क्षेत्रका करिब ४५ हजार घर परिवार लाभान्वित हुने विश्वास गरिएको छ ।

यही जनवरी २०१४ देखि सुरु भएको परिायोजनाको अवधि ६ वर्ष रहेको छ । वैदेशिक सहयोग जारी रहेपनि खर्च गर्ने निकायहरुले भने अपेक्षित रुपले खर्च गर्न सकिरहेका छ्रैनन् । यस अवधिसम्म पूँजीगत खर्च जम्मा १५ प्रतिशतको हाराहारीमा मात्र भएको छ ।

 हाल वैदेशिक सहयोगमा ४ सय ७५ परियोजना सञ्चालनरत रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।