प्रचण्ड-भट्टराई सम्बन्ध धरमर, पार्टीलाई नोक्सानी गर्ने रणनीति बाबुरामले लिएको प्रचण्डको आरोप

काठमाडौं, ५ माघ । एकीकृत नेकपा माओवादीभित्र पार्टी नेतृत्व हस्तान्तरणको विषयमा रस्साकस्सी भएको छ । भट्टराईले नया पुस्तालाई पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्छ भनेको एक दिन बित्न नपाउदै अध्यक्ष पुष्पकमल दाहालले भने भट्टराईले पार्टीलाई थप नोक्साने पुर्याउने रणनीतिमा लागेको आरोप लगाएका छन् । 
अहिले पार्टीको नेतृत्व परिवर्तन गर्ने भन्ने कुरा पार्टीलाई अझ नोक्सानी पुर्याउने रणनीति भन्दै दाहालले विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै घुमाउरो भाषामा भट्टराईले पार्टीलाई अझ नोक्सानी पुर्याउने रणनीतिमा अघि बढेको आरोप लगाएका हुन् ।
 पूर्वउपाध्यक्षद्धय भट्टराई र नारायणकाजी श्रेष्ठले पार्टी नेतृत्व परिवर्तनको कुरा उठाईरहेको अवस्थामा अध्यक्ष पुष्पकमल दाहाल भने कडा रुपमा नेतृत्व परिवर्तनको विपक्षमा उभिएसँगै एमाओवादी भित्र नेतृत्व हस्तान्तरणको विषयले  चर्को रुप लिने देखिएको छ ।
नेता भट्टराईले जारी केन्द्रीय समिति बैठकमा शनिबार अध्यक्षको दस्तावेजमाथि टिप्पणी गर्दै पार्टी स्टालिनपथमा चल्न नसक्ने भन्दै नेतृत्व परिवर्तनको विषय उठाएको भोलिपल्ट अध्यक्ष दाहालले भने पार्टी समस्यामा परेको बेलामा नेतृत्व परिवर्तन नहुने भन्दै नेतृत्व हस्तान्तरणको माग जायज नभएको चेतावनी समेत दिएका छन् ।
दाहालले भट्टराईको भनाईप्रति लक्षित हुदै उनीहरुले भन्न खोजेको के हो भन्ने समेत आफूले नबुझेको बताए । २०४७ सालमा मैले लेखेर पारित गरेकै हो, बाबुराम र वैद्यजीले त्यतिबेला प्रचण्डपथ स्वीकार्नुभएको हो, विराटनगर विमानस्लथलमा आइतबार सञ्चारकर्मीसग दाहालले भने, उहाहरुले अहिले के भएर अर्को अर्को भन्नुभएको हो ?’ दाहालले पार्टी स्टालिनको बाटोमा नभएको भन्दै कम्युनिष्ट पार्टी नेतृत्व भन्ने कुरा बुर्जुवाको जस्तो नहुने दावा पनि गरे । यसअघि भट्टराईले नेपाल र विश्वका कुनै पनि कम्युनिष्ट पार्टी अबका दिनमा स्टालिन शैलीमा चल्न नसक्ने भन्दै कम्युनिष्ट पार्टी र आन्दोलन जोगाउन पनि नेतृत्वले स्टालिन शैली त्याग्नु अनिवार्य भएको उल्लेख गरेका थिए ।
केन्द्रीय समितिको बैठकमा भट्टराईले केन्द्रीय कार्यालयमा रहेका अध्यक्ष दाहाल, भट्टराई, नारायणकाजी श्रेष्ठ र पोष्ट बहादुर बोगटीले पदत्याग गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने प्रस्ताव राखेका थिए । परम्परागत कम्युनिष्ट पार्टीमा जस्तो नमरुन्जेल नेतृत्वमा रहने परम्परा ठीक नभएको भन्दै उनले पूर्वपदाधिकारी भएको हैसियतले आफ्नो भागमा पर्ने हारको जिम्मेवारी लिंदै एक वर्षसम्म त्यसको सजाय स्वरुप पदमा नबस्ने घोषणा गरेका थिए । उनले बैठकमा भनेका थिए,– हामी चारै जना –अध्यक्षसहित पूर्वपदाधिकारीहरु) ले हारको जिम्मेवारी लिनुपर्छ, म अबको एक वर्षसम्म पार्टीको कुनै पनि पदमा बस्दिन अरुले पनि जिम्मेवारी लि“दै पार्टी नेतृत्व नया“ पुस्तालाई दिनुपर्छ ।’ तर भट्टराईले राखेको प्रस्ताव एक दिन बित्न नपाउदै दाहालले भने बर्जुवाको जस्तो कथाकथित नैकिताको पछि नलाग्ने भन्दै उल्टै भट्टराईलाई चुनौति दिएका छन् ।
Comments
spot_img

More like this

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

जनकपुरधाम, ८ साउनः मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ भएको छ । यो तीन लाख...

स्पेन बन्याे फिफा २०२६ काे विश्व विजेता

काठमाडाैं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित गर्दै स्पेन दोस्रोपटक विश्व विजेता बनेको छ...

आठ पटक मन्त्री बनेका विष्णु पौडेलको कष्टडीसम्मको यात्रा

काठमाडौं । सम्पत्ति शुद्धिकरण मुद्दामा कष्टडीमा रहेका पूर्व मन्त्री तथा एमाले नेता विष्णु पौडेललाई एमालेभित्र एमालेको ‘माडे’...