अबको तीन दिनसम्म यस्तो रहनेछ मौसम

काठमाडौं । मौसम विभागले आगामी तीन दिनको मौसमी विवरण समेटेर सूचना जारी गरेको छ । मौसमी विवरण अनुसार शुक्रबार नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायूको प्रभाव देखिएको छ भने देशका मध्य तथा पूर्वी तराईका अधिकांश स्थानमा हुस्सु–कुहिरो लागेको छ ।

विभागका अनुसार राती पश्चिम भेगका उच्च पहाडी –हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र पश्चिमी पहाडि भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । शनिबार देशको पश्चिमी भू–भागमा सामान्य वदली र मध्य तथा पूर्वी भू–भागमा आंशिक वदली रहनेछ । पश्चिम भेगका उच्च पहाडि–हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात र पश्चिमि पहाडि भु-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । आइतबार भने देशको पूर्वी पहाडी भू–भागमा आंशिक वदलीको सम्भावना रहेको विभागले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।