काठमाडौं । आज भोलि सार्वजनिक बिदा कुन दिन हो भन्ने विषयमा द्धिविधा हुने गरेको छ । द्धिविधा हुनु स्वभाविक पनि हो । किनभने पहिले पहिले हरेक जसो चाडपर्वमा सार्वजनिक बिदा हुने गरेको थियो पछिल्लो समय सरकारले त्यसलाई परिवर्तन गरेको छ भने बिदा धेरै कटौती गरिएको छ । त्यसैले कुन दिन सार्वजनिक हो भन्ने विषयमा बेला बेला कन्फ्युजन हुने गरेको छ ।
बुधबार इशाई धर्मालम्बीहरुको पर्व क्रिसमस डे हो । यस अवसरमा सार्वजनिक बिदा हो कि हैन भनेर धेरैले जिज्ञासा राखेको पाइएको छ । सरकारले नेपाल राजपत्र भाग ५ मा १ चैत्र २०७५ मा सूचना प्रकाशित गरेर सम्बन्धित धर्म, सँस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्यसैले बुधबार ९ पुसका दिन इसाई धर्मालम्बीका लागि मात्र यो बिदा हो भने सरकारले सार्वजनिक बिदा दिएको छैन । सरकारले उभौली, इद, छठ, ल्होसार आदीलाई पनि सम्बन्धित धर्म, सँस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र बिदा दिने निर्णय गरेको छ ।
बुधबार सार्वजनिक बिदा हो कि हैन ? थाहा पाउनु भयो ?
Comments