काठमाडौं । नेपाल प्रहरीले साेमबार एकै पटक ठूलो मात्रामा छापा मारी १२२ जना चिनियाँलाई पक्राउ गरेको छ । प्रहरीले मनमैंजु, बाँसबारी र बूढानीलकण्ठका १० वटा घरमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको थियो ।
फिलिपिन्स, कम्बोडिया, मलेसिया र श्रीलंकालगायत एसियाली मुलुकहरूमा साइबर अपराध गरेर भागेका १ सय २२ जना चिनियाँ नागरिक नेपालबाट पक्राउ परेका हुन् ।
पक्राउ परेका १२२ जना चिनियाँ नागरिकमाथि अनुसन्धान गर्न प्रहरीले विश्वभाषा क्याम्पसबाट अनुवादक बोलाएको छ ।
गिरोहले चीनको अर्थतन्त्रमा असर पुग्ने गरी बैंकिङ कसुर, गैरकानुनी अनलाइन व्यापार, हुन्डी र ग्याम्बलिङलगायत अपराधको धन्दा चलाइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएकाे छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।