काठमाडौं । अमेरिकाले हवाई हमला गरी आफ्ना सर्वोच्च सैनिक कमाण्डर क्वासिम सुलेमानी मारिदिएपछि इरानी नागरिकहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउकको मूल्य तोकेका छन् ।
इरानीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउको ल्याउनेलाई ८० मिलियन डलर (करिब ८ अर्ब रुपैयाँ) दिने बताएका हुन् । गत साता इराकको राजधानी बग्दादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन हमला गरी अमेरिकाले सुलेमानीको हत्या गरेको थियो।
त्यसयता, दुई देशबीच द्धन्द्ध चर्किएर गएको छ । दुई देशबीच वाक युद्ध तिब्र छ भने तेस्रो विश्वयुद्धको सन्त्रास समेत विश्वभरी छाएको छ । इरानीहरुले ट्रम्पको टाउको मूल्य तोकेसँगै अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना नागरिक र सम्पतिमाथि अब कुनै आक्रमण भए इरानविरुद्ध नयाँ हतियार प्रयोग गर्ने बताएका छन् । इरानले भने हत्याको शक्तिशाली बदला लिइने घोषणा गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।