जसले जन्मदिनमा होटलमा खर्च गर्न छाडेर दिए धुर्मुस–सुन्तली फाउण्डेसनलाई ५१ हजार



काठमाडौं । धेरैले आफ्नो जन्मदिनको अवसरमा होटलमा जाने, रमाइलो गर्ने गरेको सुनेको हो । तर, कतिपय यस्ता व्यक्ति पनि हुन्छन् जसले आफ्नो जन्मदिन समाज सेवामा व्यतित् गरिरहेका हुन्छन् ।
नेपाल तरुण दलका जिल्ला अध्यक्ष एवं कलाकार हरि विष्टले जन्मदिनले पनि आफ्नो जन्मदिन यस्तै समाज सेवामा व्यतित् गरेका छन् ।
जन्म दिनका अवसरमा उनले धुर्मुस–सुन्तली फाउण्डेसनलाई रु ५१ हजार १११ सहयोग गरेका छन् । उनले फाउण्डेसनद्वारा चितवनमा निर्माणाधीन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको सहयोगार्थ उक्त रकम प्रदान गरे ।
उनले जन्मदिनका अवसरमा होटलमा फजूल खर्च गर्नुभन्दा विकास निर्माणमा लगानी गर्न उपयुक्त लागेको बताएका छन् । फाउण्डेसनको बैँक खातामा सो रकम जम्मा गरेको कलाकार विष्टले जानकारी दिए । साथै, उनले सुर्खेत उद्योग वाणिज्य सङ्घको व्यावसायिक राहत अक्षयकोषलाई पनि सहयोगस्वरुप रु ५१ हजार १११ प्रदान गरे ।

तपाईलाई लागेको कुरा तल लेख्नुहोस्

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला