नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा



काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा आउने भएका छन् । हाल उनी फ्रान्सका लागि भारतीय राजदूत छन् ।
नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी डिसेम्बरमा कार्यकाल पूरा गरी फर्केका थिए । क्वात्रासँग लामो समय नेपालमा काम गरेको अनुभव छ। उनी सन् २००६ देखि २०१० सम्म काठमाडौँस्थित सार्क सचिवालयमा काम गरेका थिए । उनी सन् १९९३ सम्म जेनेभास्थित स्थायी मिसनमा कार्यरत थिए।

तपाईलाई लागेको कुरा तल लेख्नुहोस्

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला