संविधानसभा विघटन नगरे वैकल्पिक बाटो रोज्छौं : विप्लव

पुस २९ । नेकपा–माओवादी सचिव नेत्रविक्रम चन्द विप्लवले संविधान सभा खारेज गरेर सर्वपक्षीय गोलमेच सभा नगरे वैकल्पिक बाटो रोज्ने चेतावनी दिएका छन् ।
धनकुटा सदरमुकाममा सोमबार पत्रकारहरुस“ग नेता चन्दले संविधान सभा खारेज गरेर सर्वपक्षीय गोलमेच सभा नगरे वैकल्पिक बाटो रोज्ने चेतावनी दिएका हुन् ।
उनले सर्वदलीय छलफलबाट संविधान निर्माण लगायतका विषयमा सहमति खोज्न आग्रह पनि गरेका छन् ।
कार्यक्रममा सचिव चन्दले दोश्रो संविधानसभालाई संसदीवादी दलले खडा गरेको नक्कली संस्था भएको टिप्पणी गर्दै यस संस्थाले कुनै निकास नदिने ठोकुवा समेत गरेका छन् ।
उनले जनता र नेकपा–माओवादीलाई धोखा दिएर दोस्रो संविधानसभाको निर्वाचन गराइएको भन्दै संविधानसभा खारेज नभए आफूहरुले वैकल्पिक बाटो राज्ने जनाए । कार्यक्रममा उनले विकल्पको बाटोबारे भने खुलाएनन् ।
१२ बु“दे शान्ती सम्झौतासहित सम्पूर्ण विधी र प्रक्रिया मिचेर अन्तराष्ट्रिय समुदायको षड्यन्त्रमा आफ्नो पार्टीलाई धोका दिएर दोस्रो संविधान सभा गठन भएको चन्दको दाबी छ । 
संविधानसभाको निर्वाचनन सशक्त बहिस्कार गरेको नेकपा माओवादीले यसअघि नै संविधान सभा खारेजी र सर्वपक्षीय गोलमेच सभामार्फत निकास खोज्न माग अघि सारिसकेको छ ।
Comments
spot_img

More like this

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

जनकपुरधाम, ८ साउनः मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ भएको छ । यो तीन लाख...

आठ पटक मन्त्री बनेका विष्णु पौडेलको कष्टडीसम्मको यात्रा

काठमाडौं । सम्पत्ति शुद्धिकरण मुद्दामा कष्टडीमा रहेका पूर्व मन्त्री तथा एमाले नेता विष्णु पौडेललाई एमालेभित्र एमालेको ‘माडे’...

फुटबलमा टाउकाेमाथि हात क्रसको अर्थ के हुन्छ ? इजिप्टका...

काठमाडौं । तपाईले हिजो राती अर्जेटिना र इजिप्टको खेल पक्कै हेर्नु भयो । नहेरेपनि हल्ला, चर्चा र...