दिनेश/विवेक

यस्तै हास्य कलाकार मनोज गजुरेलले सन्यासीको भेषमा एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको अभिनय गरि दर्शकहरुलाई पेट मिच्नेगरी हसाएका थिए ।
पोर्चुगलमा आपत बिपतमा परेका नेपालीहरुको उद्धार तथा सहयोगार्थ स्थापित अक्षयकोषका लागि पोर्चुगलमा स्थापित ब्यवसायीक घराना हमाल परिवारले सबैभन्दा बढी २२ सय २२ युरो २२ सेन्ट दान गरेका थिए ।
यस्तै गैरआवासिय नेपाली संघ युरोपका संयोजक अर्जुन कुमार श्रेष्ठले ५ सय ५०, एनआरएन पोर्चुगलका अध्यक्ष एवं ब्यवसायी रमेश कुमार गुरुङले ५ सय १, कुमार श्रेष्ठले ५ सय ५, ब्यवसायी एवं जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष लक्ष्मी प्रसाद सापकोटाले १ सय ५०, डिलु चापागाईले ३० युरो दान गरेका थिए ।

अक्षयकोष स्थापना भएकै दिन ठुलो सहयोग राशी संकलन भएको भन्दै उनले कोषबृद्धीका लागि आगामि दिनमा थप योजना अघि सार्ने पनि बताए ।
यस्तै कार्यक्रमका प्रमुख अतिथि एवं एनआरएन युरोप संयोजक अर्जुन कुमार श्रेष्ठले बेल्जीयमबाट सुरुभएको आकस्मीक अक्षयकोष स्थापनाको अभियान पोर्चुगल सहित युरोपभर फैलिएर सफल हुने विश्वास ब्यक्त गरे ।
एनआरएन पोर्चुगलका संस्थापक अध्यक्ष पुर्ण हमालले स्थापनाकाल देखि नै आकस्मिक अक्षयकोष स्थापनाको सोच बनाएको भएपनि अहिले आएर सार्थकतामा परिणत भएको भन्दै खुशी ब्यक्त गरे । सानो सहयोगले कुनै नेपालीको अमुल्य जीवन बच्छ भने सबैले मन बचनले सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।
केहिदिन अघि मात्रै पोर्चुगलमा एक नेपालीले झुण्डीएर आत्महत्या गरेका थिए । पोर्चुगलमा रहेका नेपालीहरुले ब्यक्तिगत रुपमा रकम संकलन गरी उनको दाहसंस्कारको ब्यवस्था मिलाएका थिए ।
नयाँ बर्षको समेत अवसर पारेर कार्यक्रमको आयोजना गरिएको हो ।