काठमाडौं । चीनमा दर्जन बढीको ज्यान लिएको कोरोना भाइरस नेपालमा पनि पाइएको छ । स्वास्थ्य मन्त्रालमा आज पत्रकार सम्मेलन गरेर नेपालमा तीन जनामा यो भाइरसको संक्रमण भएको पुष्टि भएको जानकारी गराइएको हो ।
स्वास्थ्य मन्त्रालयले चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार कोरोना भाइरसबाट संक्रमित तीन जनालाई त्रिभुवन विमानस्थलमा राखिएकोे छ । टेकु अस्पतालमा निजी अस्पतालबाट रिफर गरिएका भाइरस संक्रमित बिरामीको उपचार भैरहको छ ।
हालसम्म चीनमा उक्त घातक भाइरसका कारण २७ जनाको मृत्यु भइसकेको छ। ८ सय ३० जना भन्दा बढि सङ्क्रमित छन् ।
Comments







