एउटै सिलिण्डरको ८ हजार, ग्याँससहित १२ हजार

हुम्लामा एक सिलिन्डर ग्यासको आठ हजारमा बिक्रि हुने गरेकाे छ । सिलिन्डरसहित ग्यास किन्न भने अझ १२ हजार तिनुपर्छ । यो जिल्ला सदरमुकाम सिमिकोटमै पर्ने मूल्य हो । लामो समय हिमपातसँगै दाउरा अभाव भएपछि हुम्लाका नागरिक खाना पकाउन महँगोमा ग्यास किन्न बाध्य भएका हुन् ।
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा खच्चडबाट ग्यास ढुवानी गर्ने गरिन्छ । नेपालगञ्जबाट मुगुको गमगडीसम्म गाडीमा पुर्याइने ग्यास त्यहाँबाट सिमिकोटसम्म खच्चडमा लैजाने गरिन्छ । सिमिकोटका एक होटल व्यवसायी नाम्गेल तामाङले साढे १२ हजारमा ग्यास किनेर खाना पकाउने गरेको बताएको समाचार
नयाँ पत्रिकामा प्रकाशित छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।