यस्तो छ नेकपा महासचिवको भैँसीपाटीमा आलिसान घर (फोटोसहित)

भैँसीपाटीमा रहेको महासचिव पौडेलेको घर । तस्बीर सौजन्य : नेपाल साप्ताहिक

काठमाडौं । कुनै बेला ‘आफै सुकुम्बासी हुँ’ भनेर सरकारी जग्गा हात पार्ने विष्णु पौडेल अहिले पदको हिसाबमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव हुन् । अहिले सम्पत्तीको नाममा उनीसँग कति छ भन्ने सायद उनैले मात्रै थाहा होला ।
ललिता निवास क्याम्पभित्रको विवादित सरकारी जग्गा उनको छोराको नाममा ८ आना छ । तर, उनको त्यो जग्गा अब सरकारको नाममा फिर्ता हुने भएको छ । पावरका कारण उनले कुनै मुद्धाको सामना गर्नु परेन । तर, जग्गा भने सरकारलाई फिर्ता गर्नु परेको छ ।
अझ रमाइलो कुरो त के छ भने उनीसँग काठमाडौं भव्य आलिसान घर छ । ललितपुर भैँसीपाटी आवासमा रहेको पौडेलेको आलिसान घर रहेको छ । २४ असोज ०६१ मा नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा–१० ९साविक तिलकपुर गाउँ विकास समिति, वडा–३० मा पूर्व–पश्चिम राजमार्ग नजिकै मेरी श्रीमतीको नाममा रहेको ८ कठ्ठा जग्गा बिक्री गरी बालुवाटारको जग्गा किनेको बताउने उनले भैंसेपाटीमा कसरी जग्गा किने र कसरी त्यस्तो भव्य घर बनाउन सके भनेर चर्चा भइरहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।