काठमाडौं । कोरोना भाइरसका कारण चीनले नेपालतर्फका नाका बन्द गरेपछि संखुवासभाको किमाथांकामा खाद्यान्न संकट हुने अवस्था आएको छ । त्यहाँका नेपालीले चीन गएर खाद्यान्न लिदैं आएका थिए । अहिले कोरोनाको भाइरस नफैलियोस् भनेर चीनले नाका बन्द गरेको छ ।
खाद्यान्‍न संकट हुने अवस्थापछि खाद्यान्न बोकेर नेपाली सेनाको हेलिकोप्टर संखुवासभाको किमाथांका पुगेको छ । खाद्यान्‍न बोकेर सेनाको हेलिकोप्टर शनिबार बिहान भोटखोला गाउँपालिका–१ किमाथांकामा अवतरण गरेको थियो । खाद्यान्न संकट भएको किमाथांकामा शनिबार हेलिकप्टरमा चामल, नुन,तेल लगायतका खाद्यान्न सामग्री लिएर किमाथांका पुगेको हो । हेलिकप्टरमा ६,३५० किलोग्राम चामल, ३०० किलो नुन, १८० किलो तेल, ६०० किलो मकै लगायतका खाद्यान्न ढुवानी गरिएको छ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।