काठमाडौं । कोरोना भाइरसका कारण चीनले नेपालतर्फका नाका बन्द गरेपछि संखुवासभाको किमाथांकामा खाद्यान्न संकट हुने अवस्था आएको छ । त्यहाँका नेपालीले चीन गएर खाद्यान्न लिदैं आएका थिए । अहिले कोरोनाको भाइरस नफैलियोस् भनेर चीनले नाका बन्द गरेको छ ।
खाद्यान्न संकट हुने अवस्थापछि खाद्यान्न बोकेर नेपाली सेनाको हेलिकोप्टर संखुवासभाको किमाथांका पुगेको छ । खाद्यान्न बोकेर सेनाको हेलिकोप्टर शनिबार बिहान भोटखोला गाउँपालिका–१ किमाथांकामा अवतरण गरेको थियो । खाद्यान्न संकट भएको किमाथांकामा शनिबार हेलिकप्टरमा चामल, नुन,तेल लगायतका खाद्यान्न सामग्री लिएर किमाथांका पुगेको हो । हेलिकप्टरमा ६,३५० किलोग्राम चामल, ३०० किलो नुन, १८० किलो तेल, ६०० किलो मकै लगायतका खाद्यान्न ढुवानी गरिएको छ।
Home मुख्य समाचार चीनतर्फ चीनद्धारा नाका बन्दपछि खाद्यान्न बोकेर नेपाली सेनाको हेलिकोप्टर पुग्यो किमाथांका




