काठमाडौं । नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अमेरिकालाई हराउँदै पहिलो जित हासिल गरेको छ । शनिबार आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकालाई हराएको हो । त्रिवि मैदान किर्तीपुरमा भएको खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजीत गर्यो ।
नेपालले दिएको १९० रन पछ्याएको अमेरिका ४४.१ बलामा अलआउट हुँदै १५५ रनमा समेटियो । नेपालका लागि करण केसीले ४ विकेट लिए । यसैगरी सुशन भारीले ३ तथा सन्दीप लामिछानेले २ विकेट लिए । आजको खेलमा डेब्यु गरेका अलराउण्डर कुशल मल्लले एक विकेट हात पारे ।
त्यसअघि अमेरिकाले टस जितेपछि ब्याटिङमा आएको नेपालले कुशल र विनोद भण्डारीले अर्धशतक बनाएपछि ४९.२ ओभरमा १ सय ९० रन बनाएको थियो । भण्डारीले ५९ रन बनाए । यस्तै मल्लले ५० रन जोडे ।  यसअघि पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।