नेपाली बलर चम्किदाँ नेपालसँग अमेरिकाको लज्जास्पद हार

काठमाडौं । अमेरिका विरुद्धको क्रिकेट खेलमा नेपालले सानदार जित हासिल गरेको छ । आईसीसी क्रिकेट वर्ल्डकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालसँग अमेरिका पराजित भएको हो ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सन्दीपले ६ र सुशनले ४ विकेट लिएपछि अमेरिका १२ ओभरमा ३५ रनमा अलआउट भएको थियो ।
नेपालले सामान्य लक्ष्य पछ्याउने क्रममा दुवै ओपनर ज्ञानेन्द्र मल्ल र सुवास खकुरेल दोस्रो ओभरमै आउट भएका थएि । पूर्व कप्तान पारस खड्का र उपकप्तान दीपेन्द्र सिंहले तेस्रो विकेटका लागि ३४ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाए । छैटौं ओभरको दोस्रो बलमा दीपेन्द्र छक्का हान्दै खेल समापन गरेका थिए ।