अमेरिकालाई हराउँदा यस्तो राखे सन्दिप लामिछानेले रेकर्ड

काठमाडौं । नेपाली बलरका सामु अमेरिकी ब्याटिङ लाइन निष्प्रभावी बन्यो । त्यसका सबैभन्दा ठूलो योगदान नेपाली स्पीनर सन्दिप लामिछानेको रह्यो । आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा सन्दीपले अमेरिकाविरुद्ध ६ विकेटको कीर्तिमान बनाए । उनको यो कीर्तिमानी नेपाली खेलाडीका लागि नयाँ रेडर्क बन्न पुगेको छ ।

सन्दीपले ६ ओभर बलिङ गर्दा १ ओभर मेडन राख्दै १६ रन मात्र खर्चेर ६ विकेट लिन सफल भएका हुन् । यसअघि सोमपाल कामीले एकै खेलमा ५ विकेट लिएका थिए । गत वर्ष नेपालले यूएई टुर गर्दा सोमपालले दोस्रो खेलमा ५ विकेट लिएका थिए ।

अमेरिका विरुद्ध टियु मैदानमा भएको खेलमा सुशनले पनि महत्वपूर्ण योगदान गरेका थिए । उनले चार विकेट लिएका थिए । सन्दिप र सुशनको आक्रामक बलिङबीच अमेरिका १२ ओभरमा ३५ रनमा अलआउट भयो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।