काठमाडौं । सिन्धुपाल्चोकमा एकै ठाउँमा एक सय भन्दा बढी रुघाखोकी तथा ज्वरोको संक्रमित फेला परेका छन् । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा त्यस्ता बिरामी भेटिएका हुन् । बिरामीको लक्षण र कोरोना भाइरस संक्रमितको लक्षण मिल्दाजुल्दा रहेको पाइएको बताइएको छ ।
चिकित्सकहरुले भने मौसमी फ्लु हुनसक्ने अनुमान गरेका छन् । त्यस ठाउँमा केन्द्रबाट चिकित्सकको टोली पठाउने काममा सरकार लागेको छ ।
गाउँपालिकाले वडा ३ को गुम्बाबस्तीमा रुघा, खोकी र अत्यधिक ज्वरोजस्ता लक्षणका बिरामी भेटिएको जनाएको छ ।
संक्रमित भेटिएको स्थान चीनसँगको सीमानजिकै रहेपनि आवतजावात भने त्यहाँबाट हुँदैन । सरकारले चिनियाँको आवातजावत नभएकाले कोरोना हुन नसक्ने जनाएको छ ।
गुम्बाबस्तीका करिब १०० जनामा कोरोना भाइरसका बिरामीमा जस्तो लक्षण देखिएको भन्दै गाउँपालिकाले भने प्रदेश तथा केन्द्र सरकारसँग दक्ष चिकित्सक पठाईदिन माग गर्दै पत्राचार गरेको छ ।
सिन्धुपाल्चोकमा १०० बढीलाई देखियो कोरोना भाइरसजस्तै लक्षण
Comments