ब्राउन सुगरको कारोबार गर्ने व्यक्ति पक्राउ

 पुस २३ । बाँकेको  जयसपुर—४ बाट प्रहरीले १३ ग्राम लागुपदार्थ ब्राउनसुगरसहित सोमबार साँझ एक जनालाई पक्राउ गरेको छ ।

 भेरी अञ्चल प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सोही स्थान निवासी ५५ वर्षीय लतिब पठानलाई सो लागुऔपदार्थसहित पक्राउ गरेको हो ।
    पक्राउ आरोपीमाथि लागुऔपदार्थ ऐनअन्तर्गत मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक प्रेम बस्नेतले बताएका छन् । -रासस

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।