साेमबार ललितपुरमा सार्वजनिक बिदा

ललितपुर । ललितपुर महानगरपालिकाले भोलि ५ फागुनका दिन सार्वजनिक बिदा दिएको छ । २९ वटै वडामा भोलि सार्वजनिक बिदा दिइएको हो ।
महानगरपालिकामा लामो समयसम्म नेतृत्व गरी उल्लेखनीय योगदान दिएका पूर्व प्रमुख बेखारत्न शाक्यको ४ फागुनमा निधन भएकाले शोकका लागि महानगरपालिका र कार्यालय भित्रको २९ वटै वडा कार्यालयमा सार्वजनिक बिदा दिइएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।