काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाल स्टक मार्केट नेप्सेमा उछाल आएको छ । नेप्से दोहोरो अंकले बढ्यो भने झण्डै २ अर्बको कारोबार भएको छ । लामो समयको प्रयासपछि आइतबार नेप्से १३५० विन्दुभन्दा माथि उडिन पुगेको छ । इतबार नेप्से सूचक १९।३९ अंकले बढेर १३६३।९७ विन्दुमा आएर कारोबार बन्द भएको हो ।
अर्थमन्त्री खतिवडा पनि पछिल्लो समय सेयर बजार सुधारका पक्षमा देखिएकाले पनि नेप्से बढेको अनुमान छ । नागारिक लगानीकोषले सर्वासधारणको समेत स्वामित्व हुनेगरी नागरिक स्टक डिलर कम्पनी दर्ता गरेको खबरले पनि नेप्से बढ्नमा सहयोग पुर्यायो । आइतबारको बजारमा कारोबारमा आएका १२ समूहमध्ये ३ वटा बाहेक बाँकी सबै समूहको सूचक बढेको छ । वित्त, अन्य र म्युचुअल फण्ड समूहको सूचक घटेपनि अन्य सबै समूहको सूचक उकालो लागेको छ । सबैभन्दा धेरै नीर्जीवन बीमा समूहको सूचक बढेको छ ।