काठमाडौं । नेपालको सरकारी दुई निकाय विद्युत प्राधिकरण र नेपाल वायुसेवा निगमले ठूलो मात्रामा कर्मचारीको माग गरेका छन् ।
प्राधिकरणले सहनिर्देशकदेखि जुनियर टेक्निसियनसम्मको कर्मचारी माग गरेको छ ।
नेपाल वायु सेवा निगमले सिनियर क्याप्टेनदेखि लेखा सहायकसम्मको आवेदन माग गरेको छ । प्राधिकरण र निगमले गोरखापत्र दैनिकमा विज्ञापन जारी गरेर कर्मचारी माग गरेका हुन् । विज्ञापनको सूचना अनुसार इच्छुकहरूले फागुन २२ गतेसम्म दर्खास्त दिइसक्नुपर्नेछ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।