काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुन चाँदीको मूल्य वृद्धि भएको । बिहीबार र शुक्रबार सुन प्रतितोला ७६ हजार रुपैयामा कारोबार भएकोमा आइतबार भने तोलामा ५ सय रुपैयाले बढेर प्रति तोला ७६ हजार ५ सय पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलामा ७६ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । यसैगरी आइतबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार र शुक्रबार चाँदी प्रति तोला ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो भने आज आइतबार चाँदी प्रति तोला ८ सय ८५ रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।