जो नेपाली चाइनाको एयरपोर्टमा आए, नेपाल आउन पाएनन्

काठमाडौं । चिनियाँ समय अनुसार शनिबार ११ बजे नेपालीहरु स्वदेश फर्कने कार्यतालिका तय थियो । त्यसको ६ घण्टाअघि नै चीनस्थित नेपाली दूतावासले सबैलाई एयरपोर्ट पुग्न सूचना जारी गरेको थियो । त्यसै अनुसार चीनबाट नेपाल आउन चाहने नेपालीहरु एयरपोर्ट पुगे । सबै नेपालीको स्वास्थ्य परिक्षण भयो ।
चीनमा अहिले कसैलाई चेकजाँच गर्दा ज्वरो तथा रुघाखोकी लागेमा १४ दिन क्वारेनटाइनमा पठाइने गरिन्छ । शरीरमा ३७।३ डिग्रि सेल्सियसभन्दा बढी तापक्रम भएमा शंकास्पद मानिन्छ । १७५ जना नेपालीमा स्वास्थ्य परीक्षणका क्रममा कुनै शंकास्पद स्वास्थ्य अवस्था देखिएन । तर ६ जनामा भने तापक्रम बढी देखियो । नेपाल आउन तयारी अवस्थानमा चीनको वुहान एयरपोर्टमा आएकामध्ये ६ जनाको शरीरमा ३७.३ डिग्री सेल्सियसभन्दा माथि तापक्रम देखिएपछि चीन सरकारले उनीहरुलाई नेपाल पठाएन । उनीहरु नेपाल आउन तयारी अवस्थामा रहे पनि स्वास्थ्यले साथ नदिए पनि चीनमा नै रोकिन बाध्य भए । अब उनीहरुलाई १४ दिन क्वारेनटाइनमा राखिनेछ । त्यस समयमा उनीहरुको स्वास्थ्य सुधार भएमा भने उनीहरु नेपाल आउन पाउनेछन् ।

नेपाल आउने नाम लेखाएका मध्ये शनिबार चार जनाले त्यही बस्ने इच्छा देखाएर उनीहरु चीनमा नै रहे । नेपालबाट गएको नेपाल एयरलाइन्सको विमानले वुहान ५५ , झिङझाओ ४८, सियन २९ , इन्सी २६ , जिङमेन ९ र यिचाङबाट ८ जना गरी १३४ पुरुष र ४१ महिलासहित १७५ लाई नेपाल लिएर आयो । तस्बीरः रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।