काठमाडौं । सडक विभागका इन्जिनयर जितेन्द्रकुमार चौधरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धा दायर गरेको छ । आयोगले चौधरीविरुद्ध ३ करोड ९९ लाख रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको अभियोग लगाउँदै मुद्धा दायर गरेको हो ।

चौधरी डिभिजन सडक कार्यालय मोरङका प्रमुख थिए । चौधरीले भ्रष्टाचार गरेको सम्पत्ति लुकाउन सहयोग गरेको भन्दै श्रीमती किरण र छोरा अभिषेकलाई पनि मुद्धा दायर गरिएकाे छ । कान्तिपुर दैनिकमा प्रकाशित छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।