कञ्चनपुर । उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासका न्यायाधीश शारङ्गाको गाडीमा आगो लागेको छ । सोमवार न्यायधीस सुवेदीको बा १ झ ८८६३ नम्बरको गाडीमा आगो लागेको हो। आगलागीबाट कुनै मानवीय क्षति भएको छैन।
भीमदत्त नगरपालिका वडा नम्वर ३ स्थित बिपिन पेट्रोल पम्प नजिकै गुडिरहेको अवस्थामा एक्कासी आगो लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक सुरज कार्कीले जानकारी दिनुभयो। वाइरिङ तार सर्ट हुँदा आगो लागेको आश‌ंका गरिएको छ।
आगलागीबाट गाडीको भित्री भागमा क्षति भएको प्रहरीले जनाएको छ। भीमदत्त नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जनाइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।