काठमाडाैं। कर्णाली प्रदेश सरकारले छारीको बैंक खाता सञ्चालनका लागि कर्णालीका ७९ वटा स्थानीय तहलाई अख्तियारी दिएको छ । प्रदेश सरकारले स्थानीयस्तरमा चालु आर्थिक वर्ष साउनदेखि जन्मिएका छोरीहरुको बैंक खाता खोल्न अख्तियार दिएको हो ।

छोरीहरुलाई कम्तीमा माध्यमिक तहसम्मको अध्ययन ग्यारेन्टीका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले छोरी बैंक कार्यक्रम ल्याएको हो । मुख्यमन्त्री कार्यालयले कार्यविधि बनाएपछि सामाजिक विकास मन्त्रालयलाई यसको जिम्मा दिइएको छ । चालु आर्थिक वर्षको साउनदेखि कर्णालीमा जन्मिएका छोरीका लागि ‘बैंक खाता छोरीको, सुरक्षा जिवनभरको’ नाम दिई कार्यक्रमको कार्यान्वयनका लागि सामाजिक विकास मन्त्रालयले अख्तियार दिइएको जनाएको छ । मन्त्रालयले परिपत्र जारी गरिसकेपछि अख्तियारी दिएको हो ।

कार्यक्रमअन्तरर्गत पहिलो महिना १ हजार दोस्रो महिनादेखि २० वर्षसम्म मासिक ५०० रुपियाँका दरले प्रदेश सरकारले छोरीका नाममा बैंक खातामा रकम जम्मा गरिदिने भएकाे छ । छाेरी २० वर्ष पुग्दा एक लाख २० हजार ५०० रुपियाँ जम्मा हुनेछ । सोही रकमले छोरीले उच्च शिक्षा हासिल गर्नसक्ने सरकारको अपेक्षा छ । उच्चशिक्षबाट वञ्चित हुन नपरोस भन्ने उद्देश्यका साथ सरकारले यो कार्यक्रम ल्याएको बताएको छ ।

प्रदेश सरकारले यस कार्यक्रमका लागि ७९ स्थानीय तहमा बजेटसमेत पठाइसकेको छ । मुख्यमन्त्रीको कार्यक्रमका लागि सात करोड रकम विनियोजन गरेको थियो तर सरकारले पहिलो किस्ताबापत तीन करोक आठ लाख ४० हजार रकम पठाएको छ । गोरखापत्र दैनिमा प्रकाशित छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।