वुहानमा अस्पतालका निर्देशक लिउ झिमिङको कोरोना भाइरसका कारण निधन भएको छ । संसारभर त्रास फैलाएको कोरोना वुहानबाटै फैलिएको थियो ।
लिउ निर्देशक रहेको वुहान वुचाङ अस्पतालले कोरोना भाइरसको उपचारको काम गर्दै आएको थियो । तर, उनै निर्देशकको कोरोनाले ज्यान लिएको हो ।
यसअघि, भाइरसका कारण डाक्टर ली वेनलियाङको मृत्यु भएको थियो । उनले कोरोनाभाइरसको महामारीबारे पहिलो पटक चेतावनी दिएका थिए । तर अफवाह र भ्रम फैलाएको भन्दै उनले प्रशासनलाई स्पष्टिकरण दिनु परेको थियो ।
Comments







