यस्तो छ ७० करोडको कमिशन डिल भएको सञ्चारमन्त्रीको क्लिप (भिडियोसहित)

काडमाडौं । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोडको कमिशन डिल गर्दै गरेको अडियो क्लिप सार्वजनिक भएको छ ।
अडियो क्लिप सार्वजनिक भएपछि मन्त्री बास्कोटाको चर्को विरोध समेत हुन थालेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा मन्त्री बाँस्कोटाले स्विस कम्पनीका नेपाली एजेन्टसँग ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएको हो ।

त्यस अडियोमा सञ्चारमन्त्री बाँस्कोटाले स्विस कम्पनीका नेपाल प्रतिनिधि विजयप्रकाश मिश्र शर्मासँग कमिशनका विषयमा डिल गरेका छन् । डियोमा सेक्युरिटी प्रेसका एजेन्ट र मन्त्री बास्कोटावीच ७४–७५ करोड कमिसन लेनदेनबारे कुरा भएको छ । मन्त्री बास्कोटाले कर्मचारीहरुलाई नभन्नु भन्दै कमिसन लेनदेनमा सहमति जनाएको अडियोबाट बुझ्न सकिन्छ ।
मन्त्री बास्कोटाले केही अनलाइनहरुलाई यसबारे प्रारम्भिक प्रतिक्रिया दिँदै आफू दोषी नरहेको जनाएका छन् । उनले नखाएको विष नलाग्ने बताएका छन् ।
यस्तो छ सार्वजनिक भएको अडियोको क्लिप हेर्नुहोस् तल

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।