काठमाडौं । सामाजिक सञ्जाल फेसबुक तथा ट्विटरमा विप्लव पक्राउ परेको हल्ला फैलिएको छ । विभिन्न सञ्चारकर्मीहरुले विप्लव पक्राउ परेकोप्रति संकेत गर्दै आधिकारिता बुझ्ने प्रयास गरिरहेको पाइएको छ । उनीहरूले पक्राउ परेकाे हो कि हैन भनेर प्रश्न सोधेको पाइएको छ ।
सञ्चारकर्मी मधुसुदन ढकालले विप्लव पक्राउ परेको भन्दै सामाजिक सञ्जालमा सेयर गरेका छन् । अर्का सञ्चारकर्मी रामकृष्ण भण्डारीले विप्लव पक्राउ परेकै हुन् त भनेर प्रश्न गरेका छन् । एक सामाजिक सञ्जाल प्रयोगकर्ताले भने विप्लव पक्राउ नपरेको भन्दै बिपी विद्रोही पक्राउ परेको जनाएका छन् ।


विप्लव निकट पत्रकारहरुले यो हल्ला मात्र भएको प्रतिक्रिया दिएका छन् । अहिलेसम्म यसको पुष्टि हुन सकेको छैन । कतिपयले भने विप्लव पक्राउ परेको हुनसक्ने आशंका  गरिररहेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।