काठमाडौं । नेपाली बजारमा पछिल्लो साता हरेक दिन सुनको भाउ उकालो लागेको छ । सुनको भाउ उच्च रुपले बढेर बिहीबार हालसम्मकै ऐतिहासिक उचाइ ७७ हजार ६ रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रति तोलमा ५ सय रुपैयाँले बढेको जनाएको छ । बुधबार सुन ७७ हजार १ सय रुपैयाँ पुगेको थियो । आज तोलामा ४ सय रुपैयाले बढेको छ । यस्तै आज तेजावी सुन तोलामा ७७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।

यता बिहीबार चाँदीको भाउ पनि बढेको छ । आज ९विहीबार० चाँदी तोलामा १० रुपैयाँले बढेर प्रति तोला ९१५ रुपैयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर बुधबार चाँदी प्रति तोला ९०५ रुपैयाँमा कारोबार भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।