काठमाडौं । भारतमा बस दुर्घटना हुँदा ६ जना नेपालीको मृत्यु भएको छ । तीर्थयात्राका लागि भारत गएका ६ जना नेपालीको दुर्घटनामा मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ ।
मृतक र घाइते सुनसरी एवम् मोरङ जिल्लाका भएको बताइएको छ । द हिन्दुका अनुसार निधन हुनेहरुमा २ जना महिलासहित ६ जना छन् । उनीहरुमा ५६ वर्षका गोपाल तामाङ, ६० वर्षका विष्णु दाहाल, ४६ वर्षका वीरबहहादुर राई, ५० वर्षका टीकाराम र ५० वर्षकी बेलुकारी चौधरीको नाम खुलेको छ ।
प्रहरीका अनुसार बेंगलरुतर्फ जाँदै गरेका उनीहरु सलेम बेंगलरु नेशनल हाइवेमा विश्रामका लागि एउटा मन्दिरनजिकै बस रोकेर बसेका थिए । मध्यरातमा उक्त बसले युटर्न लिन लाग्दा राजमार्गमा अर्को बससँग ठोक्किएको हो ।