काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय (पनिका), बल्खुले एलएलबी दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार चैत्र १४ मा सुरु भएर २८ मा परीक्षा सम्पन्न हुनेछ ।
वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ सालमा सञ्चालन हुने कानुन सङ्काय तर्फको ३ वर्षे एल. एल. बी. दोस्रो वर्षका नियमित परीक्षा दिने परीक्षार्थीहरूको लागि तालिका सार्वजनिक भएको पनिकाले जनाएको छ । परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म हुनेछ ।
यस्तो छ परीक्षा तालिकाः

पनिकाले यसै कार्यक्रमानुसार ३ वर्षे एल. एल. बी. दोस्रो वर्षका नियमित परीक्षा दिने परीक्षार्थीहरूको परीक्षा दिनुपर्ने केही विद्यार्थीहरूको परीक्षा आवेदन फारम भर्न छुटेकोले त्यस्ता क्याम्पसका परीक्षार्थीहरूलाई यो सूचना प्रकाशित भएको मिति देखि सम्बन्धित क्याम्पसले दोव्वर दस्तुर सहित २०७६ फागुन २८ गते सम्ममा परीक्षा आवेदन फारम भराई क्याम्पसहरूले २०७६ फागुन २९ र ३० गते भित्र आवश्यक प्रक्रिया पुरा गरी परीक्षा आवेदन फारम सम्वन्धित परीक्षा नियन्त्रण कार्यालयमा वुझाइ सक्न पनि सूचना जारी गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।