काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खु स्नातकोत्तर तह पहिलो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ सालमा सञ्चालन हुने स्नातकोत्तर तह प्रथम वर्षको शिक्षाशास्त्र, व्यवस्थापन (MBS & MPA) र मानविकी सङ्काय तर्फका आंशिक तथा प्राईभेट आंशिक र मौका (२०६२ मा भर्ना भई २०६३ मा प्रथम पटक परीक्षा दिएका) समेतका परीक्षा दिने परीक्षार्थीहरूका लागि तालिका सार्वजनिक गरिएकाे परीक्षा नियन्त्रण कार्यालयले जनाएकाे छ ।

परीक्षा नियन्त्रण कार्यालयलेयसै कार्यक्रमानुसार स्नातकोत्तर तह प्रथम वर्षकोे परीक्षा दिनुपर्ने केही विद्यार्थीहरूको परीक्षा आवेदन फारम भर्न छुटेको छ भन्ने बुझिन आएकोले त्यस्ता क्याम्पसका विद्यार्थीहरूलाई सूचना प्रकाशित भएको मिति देखि नै दोब्बर दस्तुर सहित २०७६ फागुन १३ गते सम्ममा सम्बन्धित क्याम्पसले भराई परीक्षा आवेदन फारम भराई २०७६ फागुन १५ गते भित्र आवश्यक प्रक्रिया पु¥याई परीक्षा आवेदन फारम सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा बुझाई सक्नु पर्ने र प्राईभेट विद्यार्थीका हकमा दोब्बर दस्तुर सहित २०७६ फागुन १४ र १५ गते भित्र सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा आवश्यक प्रक्रिया पु¥याई परीक्षा आवेदन फारम भरि बुझाई सक्न पनि सूचना जारी गरेकाे छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।