अहिले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार रहेका सूर्य थापा खासमा ईश्वर पोखरेलका भित्रिया हुन् । तर उनले पार्टीका अर्का अध्यक्ष प्रचण्ड, पूर्वमाओवादीले आफ्नो विरासतका रूपमा गर्व गर्ने जनयुद्धजस्ता विषयमा अशिष्ट टिप्पणी गर्ने, पार्टी एकतालाई विलयको अर्थमा प्रस्तुत गर्नेजस्ता काम गरिदिँदा प्रधानमन्त्री ओली र प्रचण्डबीचकै सम्बन्धमा पनि चिसोपना आइरहेको थियो ।

यही कुरालाई दृष्टिगत गर्दै प्रधानमन्त्रीले केही दिनयता सूर्यलाई धेरै स्पेस नदिने नीति अख्तियार गरेका छन् । त्यसैले आफ्नो जन्मदिन मनाउन तेह्रथुम जाँदा प्रधानमन्त्रीले सूर्यलाई जान दिएनन् । जबकि हेलिकोप्टर चढेर जाने सूचीमा पहिला उनको नाम थियो।

त्यसपछि बदनाम नै सही, सल्लाहकार विष्णु रिमालका भान्जा पर्ने, कांग्रेस पृष्ठभूमिका मनोज पाण्डे तेह्रथुम लगिए । यता तेह्रथुम जान नपाएको रिस, अर्कातिर वामदेव शक्तिमा आउँदा आफू सोत्तर हुनुपर्ने, ईश्वरलाई पनि घाटा पर्ने पिरले सताएपछि पार्टी गोपनीयता खोल्ने काम सुरु भयो, सिंहदरबारस्थित प्रधानमन्त्री सचिवालयभित्रबाटै ।

सूर्यले आइतबार दिउँसो कान्तिपुरकी बिनु सुवेदीलाई बोलाएर कुरा चुहाए। तर त्यसपछि अरू पत्रकारलाई पनि उनले पालैपोलो बोलाएका थिए, त्यही कुरा भन्नलाई । जनआस्थाबाट

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।