काठमाडौं । आज शैक्षिक संघ संस्था खुलेका छैनन् । बन्द हुनुको कारण भने शैक्षिक हड्ताल रहेको छ । विप्लव समूह निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको शैक्षिक हडतालका कारण आज शैक्षिक संस्था बन्द भएका हुन् ।
संगठनका केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकाल, केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक लगायत आफ्ना नेता कार्यकर्तालाई गिरफ्तार गरेको विरोधमा फागुन १४ गते बुधबार विप्लव समूहले देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको हो ।
मंगलबार विज्ञप्ति जारी गर्दै शैक्षिक हडताल सफल पार्न आग्रह गरेको छ । फागुन १ गते जन युद्ध दिवस मनाउने तयारी गरीरहेको बेला काठमाडौंबाट क्रान्तिकारीका अध्यक्ष चिरन्जीवी ढकाल र कोषाध्यक्ष नरेन्द्र विकलाई गिरफतार गरेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।