पुस २० । नेपालका प्रसिद्ध गीतकार विनोद गौचनको निधन भएको छ।आज बिहान पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ५८ वर्षको उमेरमा निधन भएको छ ।
छातीको इन्फेक्सन र पिसाव नलीमा समस्याका कारण उनी लामो समयदेखी पिडित थिए ।
गौचनद्धारा रचित गीतहरुमा जति माया लाए पनि ……., तगारोमा रुमाल राखि बाटो……. कस्तो ठाउँमा फूल्यौ तिमी टिप्नै गारो भो……. लगायतका लगाएतका गित सर्वसाधरणका मुखबाट गुञ्जिएका पाईन्छ।
गौचनको भोली अन्तिम संस्कार गरिने परिवार स्रोतले जनाएको छ ।
Comments







