पुस १९ । संविधानसभाको पहिलो बैठक बोलाउने विषयमा राष्ट्रपति डा.रामबरण यादबले राजनीतिक दलका  शिर्ष नेताहरुसंगको छलफल सुरु गरेका छन् ।

संविधानसभाको समानुपातीक नामावली आइसकेपछी राष्ट्रपति पहिलो बैठक बोलाउने सम्वन्धमा सक्रिय भएका हुन् ।

राष्ट्रपतिले आज मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छेदारसंग छलफल गरेका छन् । यसै गरी उनले राप्रपाका अध्यक्ष सूर्यबहादुर थापासंग पनि छलफल गरेका छन् ।

राष्ट्रपति भवन शितल निवासमा संविधानसभाको पहिलो वैठक बोलाउने विषयमा अन्य राजनितिक दलका राजनितिक नेताहरु सँग पनि छलफल गर्ने  शित्तल निवास स्रोतले जनाएको छ ।  


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।