काठमाडौं । सन् २०२० को मिस वल्र्ड प्रतियोगिताको फाइनल कार्यक्रम गर्न नेपालमा अध्ययन हुँदैछ । संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मिस नेपालको आयोजना गर्दै आएको द हिडन ट्रेजरले त्यसको प्रक्रिया अगाडि बढाएका छन् ।

सम्भावना अध्ययन गर्न बिहिबार मार्च ५ मा २०१९ कि मिस वल्र्ड जमैकाकी टोनी आन सिंह र मिस वल्र्ड अर्गनाइजेसनकी अध्यक्ष जुलिया मोर्ली नेतृत्वको टोली नेपाल आउँदै छ । टालीले पहिलो चरणको अध्ययन गरेपछि थप अध्ययनका लागि प्राविधिक टोली नेपाल आउँने द हिडन ट्रेजरका अध्यक्ष दिवाकरराज राजकर्णिकारले जानकारी दिए । त्यसपछि मात्र नेपालमा कार्यक्रम हुने नहुने टंगो लाग्नेछ । आजको नयाँ पत्रिका दैनिकामा प्रकाशित छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।